पहिचान भएका ६८ जनाको पोस्टमार्टम तयारी, ४ जना अझै बेपत्ता
पाेखरा | माघ २, २०७९
पोखराः पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिए ।
जहाजमा सवार चार जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुनसक्ने भन्दै पानीमा खोजी सुरु गरिएको बानियाँले जानकारी दिए । हाल शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम अञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाउने जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड अनुसार मात्र पोस्टमार्टम गर्नु पर्ने भएकाले सरकारी अनुमतिबाट मात्र गर्नु पर्ने भएकाले केही समय ढिलाइ भएको जनाएको छ ।
जीवन बीमा दाबीका लागि सतर्कता अपनाउनु पर्ने यस अघि एयर बङ्गलाको घटनाले पाठ सिकाएको थियो । सबै प्रक्रिया पुरा गर्ने गरी काम अघि बढाउने गरी सम्बन्धित निकायहरूको बैठक अहिले पोखरामा बसी रहेको छ ।
आइकाओको नियमानुसार कानुनी प्रक्रिया पुग्ने गरी कागजात तयारी गर्ने भएको छ । अहिले अस्पताल परिसरमा ठुलो सङ्ख्यामा मृतकका आफन्तहरूको भीड रहेको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

